सुनसरी–३ मा एमालेकी भगवती चौधरीको जित निश्चित

लोकपथ
0
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन् ।

सो क्षेत्रको बर्जू गाउँपालिका वडा नम्बर ६ को तीन हजार ६५५ मत गणना हुन बाँकी रहँदा चौधरीले गच्छदारलाई ५ हजार ४३४ मतले पछि पारेकी छिन् । अब उनको विजय आधिकारिक घोषणा हुन मात्रै बाँकी छ । चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले हालसम्म ३३ हजार ८६३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?