काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएपछि बधाई र सम्मानमा व्यस्त रहेका छन् ।
गठबन्धन गरेर गए पनि पार्टीले यथेष्ठ सिट जित्न नसकेकोमा केही असन्तुष्ट भए पनि देशभरबाट आएको बधाई र सम्मान ग्रहण गरिरहेका छन् ।
तर निर्वाचनबाट पार्टी थप खुम्चिएकोप्रति चिन्ता व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष सम्मान र माला खादामा भुल्न नहुने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता न्यौपानेले जितमा प्रचण्डले माला खादा लगाएको तस्वीर सार्वजनिक गर्दै जितमा सामान्य रहे पनि गम्भीर विषय भएको बताए ।
जितमा तामझाम गरको ठिकै भए पनि अध्यक्षले त्यसो गर्नु स्वभाविक भए पनि पार्टी खुम्चिएको बेला अध्यक्षले तामाझाम गर्नु स्वभाविक नभएको बताए ।
‘सामान्य तर गम्भीर विषय । चुनाव जितेका अरुहरुले अलिअलि तामझाम गरेको ठिकै मान्न सकिएला तर अध्यक्ष कमरेडले त्यसो गर्न हुँदैन र सुहाउँदैन पनि ।’ उनले भनेका छन् ।
अलोकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ सिटमा झरेको र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरुले लतार्दै लगेको अवस्थामा कार्यकर्तालाई फूलमाला खादा नल्याउन समेत आग्रह गरेका छन् ।
‘त्यसकारण भेटघाट र बधाई दिन आउने नेता÷कार्यकर्तालाई फूल, माला, खादा बिना आउन भन्नुपर्ने भयो । अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिंदा पार्टी १७ मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरुले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु मालाखादासहित बधाई खाने कुराले भौतिक–नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन ।’ उनले भनेका छन् ।
माओवादीको वौद्धिक नेताको रुपमा चिनिने नेता न्यौपाने पार्टीभित्र विकृती विसंगतीविरुद्ध आवाज उठाउने नेताको रुपमा परिचित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया