अरुको प्रगति देख्न नसक्ने ओली : भने– ‘अमेरिकी फ्रिडम पार्टीको दुरुस्त आकारको घण्टी आयो’

लोकपथ
221
Shares

काठमाडौं । हालैसम्पन्न निर्वाचनबाट एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका अध्यक्ष रवी लामिछानेप्रति निकै कटू टिप्पणी गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज पनि उक्त पार्टीको चिह्नबारे तीतो पोखेका छन् ।

नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघले बधाई तथा सम्मान दिन ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा ओलीले भने, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?