नेप्से परिसूचक आज तीन अंकले बढ्यो

लोकपथ
52
Shares

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा शुन्य दशमलव १५ प्रतिशत अर्थात करिब तीन अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५ दशमलव ६१ अंकले घटेर १ हजार ९ सय ५० दशमलव ३७ बिन्दुमा रोकिएको थियो । सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार हुँदै १ हजार ९ सय ५३ दशमलव ३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १ सय ९६ कम्पनीहरुको कारोबार हुँदा १ सय २० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था १५ दशमलव ३०, एनसीसी बैंक ८ दशमलव ९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२ रुपैयाँको कारोबार भएको र नबिल बैंकको भने ४ करोड ३१ लाख ६१ हजार ८ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?