२३ माघ २०७९, सोमवार

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

२०७९,मङ्सिर,१३,मंगलवार १३:५४

171
Shares

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए भने उनी २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी भएका थिए ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व।मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनकी पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका छन् ।

एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए ।

उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए । २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए। विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएका थिए ।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका थिए ।

उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका थिए । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१३,मंगलवार १३:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो । बैठकमा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८