सुनसरी–३ : जिततर्फ एमालेकी भगवती चौधरी, गच्छादार ५५ सयले पछि परे

लोकपथ
403
Shares

सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ५ हजार बढीको अग्रता कायम गरेकी छिन् ।

उनीहरुबीचको मतान्तर ५ हजार ५ सय ३५ मत रहेको छ ।

हालसम्म चौधरीले ३६ हजार ९ सय ३६ मत प्राप्त गरेकी छिन् । यता नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छादारले ३० हजार ६ सय १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उमाकान्त पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल बाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा हालसम्म ८१ हजार २ सय ६८ मतको गणना भएको छ ।। ९२ हजार मत खसेकोमा करिब १० हजार मत गणना बाँकी रहँदा चौधरी जिततर्फ लम्किएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?