सामुदायिक लघुवित्तको ३ लाख कित्ता अार्इपीअो अाजदेखि

काठमाडौं ः काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले अाजदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख प्राथमिक सार्वजनिक निष्काशन (आर्इपीओ) बिक्री खुला गरेको छ । 

गत माघमा नै यो लघुवित्तले आर्इपीओ बिक्रीका लागि आब्हानपत्र सार्वजनिक गरेपनि शेयर निष्काशन गर्न पाएको थिएन । झन्डै २ करोढड ५० लाख रूपैयाँ घोटाला भएको ठहरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले संस्थाका ४ जना पदाधिकारीहरूलार्इ पक्राउ समेत गरेको थियो । 

आवश्यक प्रकृया पुरा गरेपछि नेपाल राष्ट्र बैंकले यो लघुवित्तलार्इ आर्इपीओ निष्काशनको अनुमति दिएको हो । सामुदायिकले जारी गर्न लागेको ३ लाख कित्ता आर्इपीओमध्ये सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । बाँकीमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यो लघुवित्तको आर्इपीओमा लगानीकर्ताले न्यूनतम पचास र अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । आर्इपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ । 

यो संस्थाको चुक्तापूँजी ७ करोड रूपैयाँ रहेको छ । आर्इपीओ निष्काशनपछि यसको आकार १० करोड रूपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?