उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

लोकपथ
260
Shares

काठमाडौं । पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ । लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।

यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । पोर्चुगलले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?