धनुषा–४ बाट एमालेका सचिव रघुवीर महासेठ विजयी

लोकपथ
104
Shares

धनुषा । धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् ।

मंगलबार बिहान आएको अन्तिम नतिजा अनुसार महासेठले ३२ हजार २ सय ३६ मतसहित जित हासिल गरेका हुन् ।

उनले नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गरेका हुन् । यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।

शुरुवातबाटै रोचक प्रतिपष्र्धा रहेको सो क्षेत्रमा महासेठले १२४ मतले विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?