मतगणना– सुनसरी ३ मा गच्छदारको जीत कठीन

लोकपथ
0
Shares

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी ३ मा अब १० हजार ६ सय ३४ मतमात्रै गन्न बाँकी भएकाले भगवती जीततर्फ उन्मुख भएकी छन् ।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ३६ हजार ९३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?