राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताबारे निर्णय लिँदै

लोकपथ
112
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागितबारे निर्णय लिने बताएको छ । सभापति रवि लामिछालेले आफूहरुले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुगिने बताए ।

‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं’, उनको भनाइ छ ।

उनले पार्टीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का रहेको भन्दै धैर्य गर्न सबैसँग सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?