नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले शुभकामनाको नाममा खादा–माला र समयको बर्बादी आग्रह गरेको छ । गोरखा–२ मा निर्वाचित प्रचण्डलाई शुभकामना दिन खुमलटारमा लाइन लाग्न थालेपछि प्रचण्डको सचिवालयले यस्तो बताएको हो ।
सचिवालयका तर्फबाट स्वकीय सचिव रमेश मल्ल्ले केही सुझाब भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्षको निजी सचिवालयको इमेलमा पठाई सहयोग गरिदिन अनुरोध गरे ।
‘आदरणीय मित्रहरु तथा कमरेडहरु, बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरी केही सुझाब भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजि सचिवालयको इमेलमा पठाई सहयोग गरिदिनु होला’, मल्लले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आवश्यक छलफल र भेटघाटको लागि भने समय व्यवस्थापन गर्न कोसिस भैरहनेछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया