बाराका चारवटा निर्वाचन क्षेत्रमा ५० हजार बढी मत बदर

लोकपथ
39
Shares

काठमाडौं । बाराको चार वटा निर्वाचन क्षेत्रमा ५० हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरेर ५० हजार ७७ मत बदर भएको हो ।

निर्वाचन कार्यालयको तथ्याकं अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ बारा क्षेत्र नम्बर १ मा १० हजार ४ सय ७३, निर्वाचन क्षेत्र नम्बर २ मा १३ हजार ३ सय ४२, बारा क्षेत्र नम्बर ३ मा १२ हजार ९ सय ३२ र क्षेत्र नम्बर ४ मा १३ हजार ५ सय ३० मत बदर भएको हो ।

बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत बदर क्षेत्र नम्बर ४ मा बदर भएको छ । ४ लाख ३३ हजार ५ सय ४ कुल मतदाता रहेको बारामा मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ २ लाख ८७ हजार २ सय १९ मत खसेको थियो । जसमध्ये २ लाख ७४ हजार ६ सय ५२ मत मात्रै सदर भएको छ ।
समानुपातिकतर्फ भने २ लाख ८९ हजार २ सय ६० मत खसेको निर्वाचन कार्यालयले जनाएका छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फ २ हजार ४१ मत बढी खसेको छ ।

अन्तिम मतदाता नामावलीमा नाम भएर निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसहित बृद्धाश्रममा रहेका बृद्धबृद्धा, कारागारमा सजाय भोगिरहेका कैदीबन्दीलाई समानुपातिक निर्वाचनमा सहभागी गराउन बारा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कलैयामा अस्थायी मतदान स्थल राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?