नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पतालबीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रालिबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ । आइतवार (हिजो) बैंक र अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सबै प्रकारका कार्ड बाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगाएत बैंकका सम्पुर्ण शेयरधनीहरु समेतलाई सप्तगण्डकी अस्पताल प्रालिले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पताल प्रालिका अध्यक्ष डाक्टर अमर श्रेष्ठले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सबै प्रकारका कार्ड बाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगाएत बैंकका सम्पुर्ण शेयरधनीहरुले सप्तगण्डकी अस्पतालको सेवा उपयोग गर्दा रेगुलर प्याथोलोजी, आईसीयू बेड चार्ज, नर्मल बेड चार्ज र माइनर तथा मेजर अप्रेशन चार्जमा १० प्रतिशत छुट पाउने छन् । त्यस्तै, र्फामेसी सेवामा ५ प्रतिशत छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताबाट बैंक तथा अस्पताल दुबै पक्षको व्यावसायिक विकास एवम् विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकका सबै प्रकारका कार्ड बाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगाएत बैंकका सम्पुर्ण शेयरधनीहरुलाई अस्पतालले प्रदान गरेको छुट सुबिधामा बैंकले प्रशत्रता ब्यक्त गरेको छ ।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरे र अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रमोद शर्मा लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?