पूर्व सहकर्मीसँग झाँक्रीको तस्वीर : सन्देश कि संशय ?

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पूर्वसहकर्मीहरुसँगको तस्वीर सार्वजनिक गरेकी छिन् ।

पूर्वमन्त्री समेत रहेकी झाँक्रीले एमाले नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँगको तस्वीर सार्वजनिक गर्दै सन्देश रहेको बताएकी छिन् ।

भैरहवा विमानस्थलमा भेटघाटपछिको तस्वीर सार्वजनिक गर्दै उनले तस्वीरले सन्देश दिने भनेसँगै विभिन्न कोणबाट चर्चा हुन थालेको छ ।

एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमालेका नेताहरुबीचको सम्बन्ध तिक्कतापूर्ण रहेको अवस्थामा झाँक्रीको तस्वीरले कतै झाँक्री एमाले प्रवेश गर्न लागेकी त होइनन् भन्ने जस्ता संशय उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?