क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकियो

लोकपथ
52
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । खेलको अन्तिम समयसम्ममा दुबै टोलीले अग्रता कायम गर्न नसक्दा खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

खेल बराबरीमा मात्रै सकिएपछि दुबै टोलीले समान एक अंक बाँढेका छन् । अल जनौब रंगशालामा भएको खेलको पहिलो हाफको मध्यतिर क्यामरुनले सुरुवाती अग्रता लिएको थियो । तर, इन्ज्युरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बिया हाफ टाइममा अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको सुरुवातमै सर्बियाले अग्रता बढाउँदै जिततर्फ अग्रसर रहेको थियो ।

तर, डिफेन्समा गल्ती गर्दा सर्बियाले अग्रता जोगाउन सकेन । क्यामरुनका लागि वैकल्पिक फरवार्ड भिन्सेन्ट अबुबकारको उच्च प्रदर्शनमा क्यामरुन खेलमा फर्कियो । अफसाइड ट्रयाप बिट गर्दै २ मिनेटको अन्तरमा लगातार २ गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्यायो ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको समान ३ अंक छ । आजै राती पौने ९ बजे बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?