झलनाथ खनाल भन्छन्, ‘निर्वाचनको नतिजा स्वीकार गर्न सकेको छैन’

लोकपथ
234
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचनको परिणाम स्वीकार गर्न नसकेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै ईलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी समेत रहेका खनालले निर्वाचनमा धाँधली भएको समेत आरोप लगाएका छन् ।

निर्वाचन कार्यालयले अन्तिम परिणाम घोषणा गरे पनि त्यसमा गम्भीर विवाद भएको बताए ।
‘प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेको कुरा पनि प्रष्ट पार्न चाहन्छु । मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ । ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन । त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ ।’ खनालले भनेका छन् ।

आइतबार आएको अन्तिम परिणाम अनुसार खनालले एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?