१३ माघ २०७९, शुक्रवार

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको प्रभु क्यापिटल सम्मानित

२०७९,मङ्सिर,१२,सोमवार १६:३०

45
Shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तर्गतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्‍याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले करदर स्वरुप सम्मान पत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो । राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत श्री गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन के.सीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

देश विकासका खर्चहरूको लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमा आर्थिक वर्ष २०७७/७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

नेपाली पूँजी बजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्ता पूँजी भएको मर्चेन्ट कम्पनी हो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१२,सोमवार १६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् । मारवाडी सेवा समितिको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

ताजा समाचार