ऋतुराज गायकवाड जसले एकै ओभरमा हाने ७ छक्का

लोकपथ
117
Shares

काठमाडौं । महाराष्ट्रका ओपनर ऋतुराज गायकवाडले इतिहास रचेका छन् । भारतमा जारी विजय हजारे ट्रफीमा महाराष्ट्र टोलीको कप्तान समेत रहेका गायकवाडले एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् ।

उनले उत्तर प्रदेश विरुद्धको खेलमा १५९ बलमा अविजित २२० रन बनाउँदै कीर्तिमान बनाए । उनको शानदार इनिङ्सका कारण महाराष्ट्रले यस खेलमा पाँच विकेट गुमाएर ३३० रनको स्कोर बनायो।

यस खेलमा ऋतुराजले १५९ बलमा २२० रन बनाएका थिए । योसँगै महाराष्ट्रका बाँकी ब्याट्सम्यानले १४१ बलमा ११० रन मात्र बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?