उदयपुर-१ को मतगणना सुचालु गर्न निर्वाचन आयोगको निर्देशन (पत्रसहित)

लोकपथ
221
Shares

काठमाडौं। उदयपुर क्षेत्र नम्बर-१ को स्थगित मतगणना सुचालु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने गरेको आयोगले जनाएको छ । प्राप्त पत्रकै आधारमा अहिले गणना सुरु गरिने मतगणनास्थलमा माइकिङ गरिएको छ ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?