विश्वकप फुटबलमा ‘रेड कार्ड’को इतिहास : रेडकार्ड कै कारण रेफ्रीको हत्यासम्म !

खेलका दौरान खेलाडीले गर्ने गम्भीर त्रुटीमा देखाइने रेड कार्डको छुट्टै महत्व हुन्छ । यो यस्तो वजनदार हतियार हो, जसले विश्वका स्टार भनिएका खेलाडीलाई समेत मैदान छोड्न बाध्य बनाउँछ ।

खेललाई निश्चित नियममा बाँधेर राख्नका लागि रेड कार्डलाई शक्तिशाली कार्डको दर्जा दिइएको हो । हत्तपत्त प्रयोगमा नआउने रेड कार्ड प्रयोगको आफ्नै नियम छन् । खेलका बेला गल्तीको प्रकारअनुसार एल्लो र रेड गरी दुई प्रकारका कार्ड देखाइन्छ ।

रेड कार्डको सजायँ दिनु फुटबलको एक प्रचलित नियम हो । खेलाडीले खराब ट्याकल, फल, हातपात, डि बक्समा फल, डि बक्समा हातले बल छुँदा वा रेफ्रीसँग विवाद गरेमा रेड कार्ड पाउने सम्भावना रहन्छ ।

कतार विश्वकपमा रातो कार्ड

वेल्सका गोलकिपर वेन हेनेसी २०२२ को विश्वकपमा बाहिरिने पहिलो खेलाडी बनेका छन् । वेल्स शुक्रबार इरानसँग २–० ले पराजित भएको थियो। वेल्सका गोलकिपर विश्व कपमा रेड कार्ड देखाइएका १७४ औं खेलाडी बने ।

विश्वकप इतिहासमा पहिलो पटक रेड कार्ड पाउने खेलाडी

सन् १९३० मा उरुग्वेले आयोजना गरेको पहिलो विश्वकपमा इतिहासकै पहिलो रातो कार्ड दिइएको थियो । विश्वकपमा पहिलोपटक रातो कार्ड पेरुका मिडफिल्डर प्लासिडो गालिन्डोलाई दिइएको थियो । उनले स्ट्रेट रेड कार्ड पाएका थिए ।

पेरु र रोमानियाबीचको खेलमा पेरुका मिडफिल्डर प्लासिडो गालिन्डोले रातो कार्डको सामना गरेका थिए । खेलको ५४ औं मिनेटमा उनले रेडकार्ड पाएका थिए । उक्त खेलमा रोमानिया ३–१ ले विजयी भएको थियो ।

विश्वकपमा सबैभन्दा धेरै रेड कार्ड पाएका खेलाडी

क्यामरुनका रिगोबर्ट सङ्गले १९९४ मा ब्राजिलविरुद्धको खेल खेल्दा उनले पहिलो रेड कार्ड पाएका थिए । त्यस्तै १९९८ माचिलिविरुद्धको खेलमा पनि उनले रातो कार्ड पाए ।

त्यस्तै फ्रान्सका स्टार खेलाडी जिनेदिन जिदानले पनि विश्वकपमा २ पटक रातो कार्ड पाएका थिए । उनले पहिलो रातो कार्ड २००६ मा ब्राजिलविरुद्धको खेलमा पाएका थिए भने १९९८ मा पनि साउदी अरेबियाविरुद्धको खेलमा रातो कार्ड पाए ।

सबैभन्दा धेरै रातो कार्ड पाउने टिम

हलसम्म विश्वकपको इतिहासमा ६४ देशका खेलाडीले रातो कार्ड पाएका छन् । सबैभन्दा धेरै हालसम्म ब्राजिलका खेलाडीले रातो कार्ड पाएका छन् । ब्राजिलका ११ खेलाडीले रेड कार्ड पाएका छन् भने अर्जेन्टिनाका १० खेलाडीले यस्तो कार्ड पाएका छन् । त्यस्तै उरुग्वेका ९, इटालीका ८ र क्यामरुनका ८ खेलाडीले रातो कार्ड पाएका छन् ।

Goalkeeper sent off in FA Cup qualifier for urinating in hedge | Soccer | The Guardian

विश्वकप फुटबल फाइनलमा रेड कार्ड

हालसम्म भएका विश्वकपका फाइनलमा ५ पटक रेड कार्ड देखाइएको छ । सन् १९९० मा भएको जर्मनी र अर्नेन्टिनाबीचको फाइनल खेलमा २ खेलाडीले रातो कार्ड पाएका थिए । अर्जेन्टिनाका पेड्रो मनजोन र गुस्टाभो डिजोटीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

१९९८ को फाइनल खेलमा फ्रान्स र ब्राजिल भिडिरहेका थिए । उक्त खेलमा फ्रान्सका मार्कल डिजेलीले रातो कार्ड पाए ।

त्यस्तै, २००६ मा भएको इटाली र फ्रान्सबीचको विश्वकपको फाइनल खेलको १ सय १० औं मिनेटमा फ्रान्सका जिनेदिन जिदानले रातो कार्ड पाएका थिए । त्यस्तै २०१० मा भएको विश्वकपमा स्पेन र नेदरल्याण्डको खेलमा नेदरल्याण्डका जोन हेटिङ्गाले रातो कार्ड पाएका थिए ।

रेड कार्ड देखाएकै कारण रेफ्रिको हत्या

रेड कार्डका कारण फुटबल जगतमा धेरै अप्रिय घटना पनि भएका छन् । रेड कार्ड देखाएकै कारण रेफ्री भिक्टोर ट्रेजोको मृत्युसम्म भएका घटना छ । खेलका क्रममा रेड कार्ड देखाएको रिसमा एक खेलाडीले मेक्सिकोमा आफ्नो टाउकोले प्रहार गरी रेफ्रीको हत्या गरेका थिए ।

Mexico police search for Ruben Rivera Vazquez who killed referee after head-butting him | Daily Mail Online

मेक्सिको सिटीबाट झन्डै एक सय २० किलोमिटरको दूरीमा रहेको हिडाल्गो राज्यस्थित तुलानसिंगो शहरमा उक्त घटना भएको थियो ।

मेक्सिकन पत्रिका क्राइटेरिअन हिडाल्गोले जनाएअनुसार खेलाडीले टाउकोले हिर्काएपछि रेफ्री भिक्टोर ट्रेजोको मृत्यु भएको थियो । खेलका क्रममा विपक्षी खेलाडीलाई फल प्रहार गरेपछि रेफ्री ट्रेजोले रुबेन रिभेरा भाज्कुइज नाम गरेका खेलाडीलाई रेड कार्ड देखाएका थिए ।

रेफ्रीले रातो कार्ड देखाएपछि भाज्कुइज निकै क्रुद्ध बनेका थिए । त्यसलगत्तै उनले ट्रेजोको मुखमा लगातार आफ्नो टाउकोले प्रहार गरेका थिए । रेफ्री अचेत भएर भूइँमा लडेपछि ती खेलाडी भागेका थिए ।

खेलका क्रममा मैदानमै उपस्थित रहेका प्यारामेडिक्सले ट्रेजोलाई बचाउने प्रयास गरे पनि असफल भएका थिए । तस्बिरमा देखिएअनुसार ट्रेजोको मृत शरीरलाई प्लास्टिकले छोपेर मैदानमै राखिएको थियो ।

यी चर्चित खेलाडी कसले कति रेड कार्ड पाए ?

पोर्चुगलका रोनाल्डोले हालसम्म ११ पटक रेड कार्ड पाएका छन् ।

अजेन्टिनाका मेस्सीले हालसम्म ३ पटक मात्रै रेड कार्ड पाएका छन् ।
ब्राजिलका नेयमारले हालसम्म ८ पटक रेड कार्ड पाएका छन् ।
स्पेनका रामोसले हालसम्म २६ पटक रेड कार्ड पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?