विद्युतीय भोटिङ मेशिन प्रयोगमा नल्याइनुमा संशय छ : राम–लक्ष्मण रिमाल (भिडियोसहित)

लोकपथ
169
Shares

काठमाडौं । विद्युतीय मतदान यन्त्रलगायतका बहुपयोगी यन्त्रहरुका अनुसन्धाता राम–लक्ष्मण रिमालले सरकारी रवैया नेपाली अनुसन्धान र अन्वेषणमैत्री नभएको गुनासो गरेका छन् ।

१२ वर्षअघि आफूहरुले बनाएको विद्युतीय मतदान यन्त्र अर्थात् इलोक्ट्रोनिक भोटिङ मेशिन आजसम्म पनि प्रयोगमा नल्याइएका उनीहरुले दुःखेसो पोखेका हुन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै जुम्ल्याहा भाइ राम–लक्ष्मणले २०६४ सालमै काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचनमा प्रयोगमा ल्याइसकिएको भोटिङ मेशिनलाई निर्वाचनमा पूर्ण प्रयोगमा ल्याउन केले छेकेको हो भन्ने आफूहरुले अहिलेसम्म बुझ्न नसकेको बताएका हुन् ।

निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा उनीहरुले जहिले पनि प्रयोग गर्न आश्वासन दिने तर कार्यान्वयन नहुने अवस्था आएको दुई जनाको तीतो अनुभव छ । मुलुकका मुख्य राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशनमै आफूहरुले बनाएको मेशिन प्रयोग भइसकेकाले यसको विश्वसनीयतामाथि प्रश्न गर्नुपर्ने कुनै ठाउँ नरहेको उनीहरुले बताए ।

डाटा र मतदाताको मत सुरक्षाका सन्दर्भमा विश्वमै सबैभन्दा सुरक्षित आफूहरुले बनाएको मेशिन रहेको दाबी पनि उनीहरुको छ ।

हेर्नुहोस्, यो भिडियो कुराकानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?