काठमाडौं । हालसम्म नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलले मात्रै थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने म्याण्डेड पाएका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिकको हालसम्म ९३ लाख ८ हजार १ सय ६४ मतको गणना सकिएको छ ।
जसमा नेकपा एमालेले २५ लाख बढी मतसहित अग्रता कायमै राखेको छ । हालसम्म नेकपा एमालेले २५ लाख ३४ हजार ४ सय ४४ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।
त्यसैगरी नेपाली कांग्रेसले हालसम्म २४ लाख ३ सय ७ मत प्राप्त गरेको छ ।
त्यसो त तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले हालसम्म १० लाख ६४ हजार १ सय ५२ मत प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ८ सय ३१ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ९० मत, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ४ सय १८ मत प्राप्त गरेको छ । त्यस्तै जनमत पार्टी थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने बाटोमा लागेको छ । हालसम्म जनमत पार्टीले २ लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ । त्यस्तै सबैको चासोको रुपमा रहेको एकीकृत समाजवादी पार्टी पनि राष्ट्रिय पार्टी बन्ने तयारीमा रहेको छ । हालसम्म एसले २ लाख ५२ हजार १ सय ५५ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया