सोमालियाको एक होटलमा आतंककारी हमला

लोकपथ
78
Shares
file photo

काठमाडौं । सोमालियाको एक होटलमा आतङ्ककारीहरुले हमला गरेको बताइएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ ।

सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतङ्ककारी समूहले आक्रमण गरेको त्यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ ।

स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताइएको छ ।प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ ।

सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशङ्का गरिएको समाचारमा जनाइएको छ । शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशङ्का गरिएको यहाँका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

आतङ्ककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ । सोमालियाका अल सेबाब आतङ्ककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?