एमालेको रिसले पार्टी छोडेका अशोक राई एमालेकै मतले विजयी

लोकपथ
805
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सोमबार बिहान आएको अन्तिम परिणाम अनुसार राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै यता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका छन् ।

निर्वाचित राईलाई गठबन्धनको साथ रहेको थियो । नेकपा एमालेका उपाध्यक्ष समेत बनेका राई ०६९ सालमा पार्टी छोडेर संघीय समाजवादी पार्टी गठन गरे । मधेशी जनाधिकार फोरमसँग पार्टी एकता गर्दै हाल जसपामा आएका छन् ।
राई २८ वर्षपछि संघीय संसदमा प्रत्यक्षमा निर्वाचित भएका हुन् ।

२०४८ र ०५१ सालमा खोटाङबाट जितेका थिएका थिए । त्यसैगरी २०५६ सालमा उदयपुरबाट उम्मेदवार बनेका उनी कांग्रेसका नारायण खड्कासँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?