यस कारण रोनाल्डोले कहिल्यै पनि खाएनन् रक्सी

लोकपथ
2.3k
Shares

रक्सी नखाने फुटबल स्टार भनेको सुन्दा हरकोहीलाई पत्याउन गाह्रो पर्ला । तर विश्वमा धेरै फुटबल स्टारहरु छन् जसले रक्सी खाँदैनन् । फुटबल क्षेत्रमा कुनै पनि उपाधि या पुरस्कार जितेपछि ‘स्याम्पेन’ खाएर मनाउने चलन छ ।

विभिन्न सेलिब्रेसन तथा समारोहमा फुटबल खेलाडीहरु सहभागी भएका हुन्छन् । तर धेरै फुटबल स्टारहरु छन् जसले रक्सी खाँदैनन् । ती मध्य एक हुन् रोनाल्डो । रोनाल्डोले कहिल्यै पनि रक्सी खाएनन् । उनले रक्सी किन खाएनन् भन्ने कुराको छुट्टै कारण छ ।

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक वस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो ।

रोनाल्डो सामान्य परिवारमा जन्मिएका थिए । उनका पिता होजे डिनिस अभेइरो मालीको काम गर्थे र उनलाई रक्सी धेरै खानु पथ्र्यो । धेरै रक्सी खाएकै कारण रोनाल्डोका पिता यस संसारबाट बिदा भए । सोही दिन रोनाल्डोले रक्सी नखाने निर्णय गरेका थिए ।

Ronaldo's sister posts touching message to late father - AS.com

क्रिस्टियानो रोनाल्डोका पूर्व सहकर्मी म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिमिटार बेर्भाटोभले क्रिस्मस जस्ता उत्सवमा पनि रोनाल्डोले मादक पदार्थ सेवन नगरेको कुरा खुलाएका थिए ।

बेर्भाटोभ सन् २००८ को समरमा युनाइटेड पुगेका थिए । जहाँ उनले रोनाल्डोसँग एक सिजन सँगै खेलेका थिए ।

साथै अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको छ । झन् फुटबल स्टारहरुले ट्याटु हान्ने त ‘ट्रेन्ड’ जस्तै भइसकेको छ ।

Why Cristiano Ronaldo refuses to get a tattoo | HELLO!

रोनाल्डोले आफ्नो ज्यानमा ट्याटु खोपेका छैनन् । त्यसको पछाडि पनि एउटा कारण रहेको छ । रोनाल्डोले नियमित रक्तदान गर्ने गरेका छन् । सोही कारण उनले शरीरमा ट्याटु नखोपेका हुन् ।

 राेनाल्डाेबारे अन्य राेचक किस्सा :

खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल :

क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

रोनाल्डो नाम कसरी रहन गयो ?

फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन । रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

११ वर्षमै अचम्का खेलाडी :

स्पोट्रिङ लिस्वोनमा रहदा रोनाल्डोको प्रतिभाबाट प्रभावित भएर प्रशिक्षकले भनेका थिए । ‘रोनाल्डोको खुटामा बल परेमा उनी सजिलै दुई वा तीन खेलाडीलाई आरामले छक्याउँछन् । हरेका खेल सकेपछि उनका साथी खेलाडीहरु उनको वरपर भेला हुन्थ्ये किन कि ति खेलाडीलाई लाग्थ्यो कि रोनाल्डोमा एक दिन विश्वको उत्कृष्ट खेलाडी हुने गुण छ ।’

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टिमबाट मुख्य टिममा बढुवा गरे । उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टिमबाट खेल्ने पहिलो खेलाडी बने । सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३९० ले विजयी भयो ।

 स्थिर र छिटो :

उनी दिनमा ३ हजार पल्ट सेटअप गर्छन् । उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । उनको शरिरको बनाबट कुनै मोडलको भन्दा कम छैन ।

एनबिए खेलाडीभन्दा माथि उफ्रने :

उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ से।मि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ से।मि को उचाई छुन्छन् ।

Cristiano Ronaldo Highest Jump Record Header Height in CM, Meters, Inches & Feet

यो उचाई औसत एनबिए खेलाडीको भन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?