दोलखाको रोकिएका केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने

लोकपथ
130
Shares

दोलखा । आगामी मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार आगामी मंसिर १५ गते पुनः मतदान गर्न लागिएको हो ।

जिल्लाको वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः निर्वाचन हुन लागेको हो ।

मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतदानका क्रममा बुथ क्याप्चर भएको भन्दै उजुरी दिएका थिए । निर्वाचन आयोगको टोलीले सो स्थानमा पुनः मतदान गराउने सुझाव दिएको थियो ।

रद्द भएका मतदान केन्द्रको निर्वाचन गराउनका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?