प्रधानमन्त्री बन्ने दौडधुपमा रामचन्द्र, निवासमै पुगेर भेटे माधव नेपाल

लोकपथ
312
Shares

काठमाडौंं । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको पूर्ण परिणाम नआउँदै राजनीतिक दलका नेता सत्ता समिकरणको अभ्यासमा लागेका छन् ।

गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसबाट अब सरकारका को जाने भन्ने निक्र्योल नभएपछि नेताहरु दौडधुपमा देखिएका छन् ।

भावी प्रधानमन्त्रीको रुपमा आफूलाई दाबी गरिरहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

सो क्रममा गठबन्धनका आवद्ध दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

सोमबार बिहान नेता पौडेल नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटघाटका क्रममा पौडेलले आफू प्रधानमन्त्री बन्न लागेको र सहयोगका लागि आग्रह गरेका थिए ।

नेपालले पनि गठबन्धन बनाउनका लागि पौडेलको अहम भुमिका रहेको भन्दै भावी प्रधानमन्त्रीको रुपमा दाबी गर्नु स्वभाविक रहेको र सहयोगको बचन दिने प्रतिद्धबता व्यक्त गरेको पौडेल निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?