धनुषा–४ मा अग्रता बढाउँदै एमाले

लोकपथ
585
Shares

काठमाडौं । नेकपा एमालेले धनुषा क्षेत्र नम्बर ४ मा अग्रता बढाएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका एमालेका रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका हुन् ।

महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै ३४ मतले अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जारी मतगणनामा महासेठले २४ हजार ४ सय ८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?