इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित

लोकपथ
130
Shares

इलाम । इलाम क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन्।

प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त ग्ेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् ।

लङ्वा प्रदेश नम्बर १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री छन्। एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७ सय ७४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १ सय ३३ मत प्राप्त गरे ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?