२२ माघ २०७९, आईतवार

तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता शर्मा

२०७९,मङ्सिर,११,आईतवार १८:५२

45
Shares

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ ।

आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि निर्णय लिएर अघि बढ्ने बताएको हो ।

“दोलखा, बाजुरा र स्याङ्जाको हकमा आयोगले छिट्टै निर्णय गर्छ, त्यसका लागि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “यी क्षेत्रमा अध्ययनका लागि आयोगले टोली खटाएको छ, टोलीको प्रतिवेदनपछि आयोगले निर्णय गर्छ ।”

दोखला र स्याङ्जामा राजनीतिक दलबीचको विवादका कारण मतगणना सुरु हुन सकेको छैन भने बाजुराको बूढीनन्दा नरपालिका–५ मा शनिवार पुनःमतदान भए पनि राजनीतिक दलबीच विवाद कायमै रहँदा मतगणना सुरु हुन नसकेको हो ।

आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ क्षेत्रमध्ये १ सय ५७ क्षेत्रको नतिजा आइसकेको छ । यी तीन निर्वाचन क्षेत्रबाहेक पाँच क्षेत्रमा भने मतगणना जारी छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,११,आईतवार १८:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजजीनामा बुझाउने तयारी गरेका छन् ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रधानमन्त्री नै केपी ओली भएको टिप्पणी गरेका छन् । संसद बैठकलाई सम्बोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालय बसुन्धरामा बसेको निर्णायक बैठकले सरकारबाट

ताजा समाचार

राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७