दोलखाका दस केन्द्रमा पुनः मतदान हुने

लोकपथ
156
Shares

काठमाडौं । दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि पुनः मतदान गरिने भएको हो ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।

सिवाकोटीको उजुरी पश्चात आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । अध्यान टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको बताइएको छ ।

बैत्यश्वरको वडा नम्बर ६ (क,ख,ग), वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति (क,ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क,ख) केन्द्रमा पुनः चुनाव हुने छ ।

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?