समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो १० लाख मत

लोकपथ
624
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो ।

यस्तै नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार, लोसपाले १ लाख २२ हजार, नेमकिपाले ७२ हजार र हाम्रो नेपाली पार्टीले ५१ हजार मत पाएका छन् । अन्य पार्टीले भने ५० हजार मत कटाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?