काठमाडौं–५ बाट उम्मेदवार बनेका ‘सितेबा’ को जमानत जफत

लोकपथ
1.3k
Shares

काठमाडौं । देशका धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरुको जमानत जफत भएको छ ।

निर्वाचअघि खुबै चर्चा पाएका ती पात्रहरुको चुनावी परिणामले नराम्ररी थचारेको छ । तीनै मध्येका एक हुन् कलाकार मधुसुधन पाठक ‘सितेबा’ ।

भद्रगोल र त्यसपछि सक्किगोनी हास्य टेलिश्रृंखलामा ‘सितेबा’ को नामबाट परिचित उनी काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए । नेपालका लागि हाम्रो नेपाली पार्टीको लौरो अभियानबाट प्रतिष्पर्धा गरेका थिए । अन्तिम परिणाम अनुसार उनले ३ सय ६४ मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचनमा प्रतिष्पर्धा गर्दा कुल मतको १० प्रतिशत ल्याउन नसकेका जमानत जफत हुने कानुनी प्रावधान रहेको छ । जमानत जफत भएमा प्रतिनिधि सभा सदस्यले १० हजार धरौटीमा राख्नुपर्नें हुन्छ । १० प्रतिशत मत कटाउने बाहेकका उम्मेदवारले उक्त धरौटी रकम पाउने छैनन् ।

त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधि सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएकी रञ्जु दर्शनाको पनि जमानत जफत भएको छ । उनले पनि १० प्रतिशत मत कटाउन सकिनन् । उनले पाएको मत जम्मा ६०० मात्रै रहेको छ ।

सो क्षेत्रबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ठूलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?