पाँचथरको मतगणना रोचक : समानुपातिक गन्दा प्रत्यक्षको मतपत्र भेटिएपछि…

लोकपथ
520
Shares
file photo

पाँचथर । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा समानुपातिकको मतगणना गर्दा प्रत्यक्षको मतपत्र भेटिएको छ ।

आइतबार नै सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार वसन्त नेम्वाङ निर्वाचित भएको भनेर घोषणा गरिएको थियो । उनी ४७ मतले नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङ्दाङ्वेलाई पराजित गरेका थिए ।

तर समानुपातिकको गणनामा प्रत्यक्षको २३ वटा मतपत्र भेटिएको र त्यसको गणना भइरहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले लोकपथलाई जानकारी दिए ।

निर्वाचन आयोगको निर्वाचन निर्देशीका अनुसार मतको गणना भइरहेका उनले बताए ।

‘समानुपातिको गणना भइरहेको बेला प्रत्यक्षको २३ वटा मतपत्र भेटियो ।’ उनले भने, ‘निर्वाचन आयोगको निर्वाचन निर्देशीका अनुसार त्यसको समेत गणना भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?