ईलाम–१ : बढ्दै महेशको मतान्तर, पछि पर्दै झलनाथ

लोकपथ
390
Shares

ईलाम । ईलाम क्षेत्र नं १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन् ।

सुरुबाटै अग्रता कायम गरेका बस्नेत २ हजार ५ सय २ मतको अग्रतामा रहेका छन् ।
हालसम्म बस्नेतले २४ हजार ३ सय २ मत प्राप्त गरेका छन् । यता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २१ हजार ८ सय २ मत प्राप्त गरेका छन् ।

यसअघि शनिबार नेता खनालले निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?