उदयपुर-१ मा मतगणना स्थगित

लोकपथ
221
Shares

उदयपुर । उदयपुर १ को मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० वटा मत पत्र भेटिएकोले मतगणना स्थगित भएको हो ।

६३ हजार ८० मतगणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएको र दलहरुले गणना स्थगित गर्न माग गर्दै अवरुद्ध गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

दिउँसो ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने सुवेदीले बताए ।

गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ अग्रता लिएका छ्न् भने एमालेकी मन्जु कुमारी चौधरि निर्वाचन दोश्रो स्थानमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?