नेपाल बैंकको शाखा रुपन्देहीको चौराहामा

लोकपथ
78
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देहीस्थित चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ ।

बैंकले शुक्रवार बुटवल उपमहानगरपालिका–९ चौराहाबाट औपचारिकरुपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?