मोरङ- १ मा कांग्रेसका लिम्बू विजयी

लोकपथ
259
Shares

मोरङ । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्बूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गरेका थिए । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

यस्तै प्रदेश सभा १९१० तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतलेपछि पार्दै विजयी हासिल गरेका छन् भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश १९२० मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गरेका छन् ।

एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?