रामेछाप १ (२) मा माओवादीका युवराज चौलागाईं निर्वाचित

लोकपथ
169
Shares

रामेछाप । रामेछापको प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाई निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मतसहित निर्वाचित भएका हुन् ।

चौलागाईंले नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । चौलागाईं र घिसिङको बीचमा ४ हजार ७ सय ७३ मतान्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?