२० माघ २०७९, शुक्रवार

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल

२०७९,मङ्सिर,११,आईतवार १०:१०

180
Shares

तनहुँ । तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले) ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी केन्द्र) ले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले) ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।

तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा (माले) ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ ।

कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,११,आईतवार १०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२