रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

लोकपथ
117
Shares

काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् ।

फराकिलो मतान्तरले विजयी भएका तामाङ २०७० को निर्वाचनमा कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?