महोत्तरी–१ मा गिरिराजमणिलाई पछि पार्दै एमालेका लक्ष्मी महतो निर्वाचित

लोकपथ
429
Shares

महोत्तरी । महोत्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले) का लक्ष्मी महतो निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पछि पार्दै विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?