२२ माघ २०७९, आईतवार

समानुपातिकमा एमालेको अग्रता कायमै, थ्रेसहोल्ड कट्छ भन्नेमा विश्वास एकीकृत समाजवादी

२०७९,मङ्सिर,११,आईतवार ००:१५

378
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको सात दिन पूरा हुँदा पनि प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको पनि मतगणना जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षसम्म एक सय ५४ निर्वाचन क्षेत्रको मतपरिणाम टुङ्गो लागिसकेको छ भने समानुपातिकतर्फ कुन दलले कति सिट पाउने टुङ्गो लागेको छैन ।

निर्वाचन आयोगका अनुसार शनिवार राति ११ बजेसम्म समानुपातिकतर्फ ८० लाख ५० हजार पाँच सय १० मतगणना भइसकेको छ । जसमा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । एमालेले सबैभन्दा बढी २२ लाख २३ हजार आठ सय ८१ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको रहेको नेपाली कांग्रेसले २१ लाख २८ हजार पाँच सय ७३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ३३ हजार सात सय ३८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख नौ सय ६७ मत प्राप्त गरेको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ७७ हजार तीन सय दुई र जनता समाजवादी पार्टीले दुई लाख ६० हजार दुई सय ९२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, जनमत पार्टीले एक लाख ९६ हजार ४६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९० हजार एक सय ४३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख आठ हजार ३३ मत, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ८५ मत प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।

हाम्रो नेपाल पार्टीले ४७ हजार एक सय ७६, राष्ट्रिय जनमोर्चाले ४२ हजार ५३, मङ्गोल नेश्नल अर्गनाईजेशनले ४१ हजार सात सय ७४, नेपाल संघीय समाजवादी पार्टीले २४ हजार तीन सय ८० र नेकपा (माले) ले २३ हजार तीन सय २८ मत प्राप्त गरेका छन् भने नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार दुई सय नौ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले कटायो दुई लाख

नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार पार्टीले दुई लाख सात हजार दुई सय ७३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड नपु¥याए राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने संशय पैदा भइरहेका बेला पार्टीले दुई लाख बढी मत प्राप्त गरिसकेको छ ।

एकीकृत समाजवादीका नेता डाक्टर बेदुराम भुषालले समानुपातिकतर्फ अपेक्षा गरेभन्दा कम मत प्राप्त भएको बताए। “हाम्रो पार्टीले समानुपातिकतर्फ कम मत प्राप्त गरेको छ, यो हाम्रो अपेक्षाभन्दा कम मत हो”, उनले भने, “सबै स्थानको मतगणना भइसक्दा थ्रेसहोल्ड कट्छ भन्नेमा विश्वास छ ।”

नेता भुषालले प्रत्यक्षतर्फ भने पार्टीले सकारात्मक परिणाम हासिल गरेको बताए । यद्यपि, मकवानपुर–२, काठमाडौं–८ र ललितपुर–२ मा भने अपेक्षित नतिजा नआएको उनको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कूल ६१ प्रतिशत मत खसेको थियो । समानुपातिक निर्वाचन प्रणालीमार्फत् एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,११,आईतवार ००:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारकर्मी र सञ्चारगृहप्रति आक्रोश व्यक्त गरेका छन् । नागरिकता विवादका विषयमा सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजजीनामा बुझाउने तयारी गरेका छन् ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रधानमन्त्री नै केपी ओली भएको टिप्पणी गरेका छन् । संसद बैठकलाई सम्बोधन

ताजा समाचार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२