एम्बाप्पेको दुई गोलमा फ्रान्स विजयी, बनायो अन्तिम १६मा स्थान

लोकपथ
104
Shares

काठमाडौं । किलेन एम्बाप्पेको दुई गोलमा डेनमार्कविरुद्ध फ्रान्सले जित हात पारेको छ । खेलको ६१ औं मिनेटमा पहिलो र ८६ औं मिनेटमा एम्बाप्पेले गरेको दुई गोलबाट विजयी भएको फ्रान्सले कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगीताको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

समूह ‘डी’ अन्तर्गत आज शनिवार बेलुका भएको खेलमा फ्रान्सले डेनमार्कलाइ २–१ गोलको नतिजामा पराजित गरेको छ । डेनमार्कका तर्फबाट भने एण्डन क्रिस्टनशेनले ६८ औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै फ्रान्स एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?