१५ माघ २०७९, आईतवार

मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी

२०७९,मङ्सिर,१०,शनिवार २२:२९

54
Shares

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार लिम्बुले २७ हजार २९७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का घनश्याम खतिवडाले २६ हजार ८ सय ६७ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए ।यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी भएका छन् । उनले १३ हजार ५ सय ३१ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुशल साम्वाले १० हजार ४ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी भएका छन् । उनले १४ हजार ५ सय ३९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१०,शनिवार २२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मंसिरमा

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५