धनुषा–१ बाट जसपाका कार्की निर्वाचित

लोकपथ
130
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई हराउँदै संसदीय यात्रा तय गरेका हुन् ।

उनले यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गरेका छन् । कार्कीले २७ हजार ४ सय ३१ मत ल्याएका छन् भने यादवले २१ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४ सय ६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका ।

यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?