समानुपातिक तर्फको मतगणनामा राप्रपा अध्यक्ष लिङ्देनको आशंका

लोकपथ
221
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक तर्फको मतगणनामा ध्यान दिन अनुरोध गरेका छन् ।

राप्रपालाई प्रत्यक्ष तर्फको मात्र होइन समानुपातिक तर्फको पनि एक एक मत पनि उत्तिकै महत्त्वपूर्ण भएको भन्दै लिङ्देनले मतगणनामा विशेष ध्यान दिन भनेका हुन् ।

समानुपातिक मतगणनामा आशंका व्यक्त गर्दै उनले मतगणना स्थलमा अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै आवश्यक प्रबन्ध गर्न पार्टीको प्रदेश समिति, जिल्ला समिति एवम् प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?