दीपिकालाई रणवीरले लगाइदिए ३ करोडको औंठी

मुम्बई– रणवीर सिंह र दीपिका पादुकोण इटालीमा वैवाहिक सम्बन्धमा बाधिइसकेका छन् । उनीहरुको काेँकणी र सिन्धी परम्पराअनुसार विवाह भएको हो । विहेपछि रणवीरकी पत्नी अर्थात दीपिका पादुकोणको थप फोटो सार्वजनिक भएको छ । यसअघि रणवीर  र दीपिकाले एकसाथ विहेका दुई फोटो सार्वजनिक गरेका थिए ।

पछिल्लो फोटोमा दीपिका एकदम सिम्पल लुक्समा देखिन्छिन् । फोटोमा उनले सुनौलो किनारा भएको साडी परिरिएको देखिन्छ तर उनले न त सिउँदोमा सिन्दुर लगाएको देखिन्छ  न त गलामा मंगलशूत्र नै । यद्यपी उनले आकर्षक इयरलिङ भने लगाएको देख्न सकिन्छ ।

 सँगसँगै फोटोमा उनको साथ दुई महिला पाहुना पनि देख्न सकिन्छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?