सुनसरी–२ (२) मा एमालेका मेहता विजयी

लोकपथ
112
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन्। उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गरेका हुन्।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन् । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए। यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?